साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध-चिन्तन- ३ : झुल्दैन छोरा अब

रङ्गी फूल वसन्तको वय विना फुल्दैन छोरा अब गाई कोकिल गीत त्यो शिशिरमा डुल्दैन छोरा अब पस्दा चन्द्र र सूर्य नै ग्रहणमा खुल्दैन छोरा अब सत्ता सोच नयाँ विना मुलुक यो झुल्दैन छोरा अब ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

खेताला बटुलेर मात्र घर यो चल्दैन छोरा अब
रोपी कण्टक अन्नपात फल नै फल्दैन छोरा अब
खम्बा जब्बर मार्गको नउखली ढल्दैन छोरा अब
पानीभित्र दियो विराजित गरी बल्दैन छोरा अब ॥१

आफ्ना साँध सबै दुरुस्त नगरी होला र छोरा अब
बेची हुन्छ सिँचाइ खेत कसरी खोला र छोरा अब
के जोगिन्छ गुठिल कस्ननसके झोला र छोरा अब
यस्तो चाल गरेर शान्ति सुखले छोला र छोरा अब ? ॥२

घाती दुर्जन साथ आँत जति नै गाँसिन्छ छोरा अब
यात्रा जीवनको अझै तलतलै भासिन्छ छोरा अब
बाँकी जे अपनत्व हो अनि सबै नासिन्छ छोरा अब
आफ्नै आँसु पिएर भोलि कसरी हाँसिन्छ छोरा अब ? ॥३

उद्योगी नबने त सक्षम दिगो होइन्न छोरा अब
यी दुःखी परिवारका दुख कुनै धोइन्न छोरा अब
अड्को धेर यहाँ छ है मुलुकको फोइन्न छोरा अब
थोत्रो मोटरमा चढेर शशि त्यो छोइन्न छोरा अब ॥४

रङ्गी फूल वसन्तको वय विना फुल्दैन छोरा अब
गाई कोकिल गीत त्यो शिशिरमा डुल्दैन छोरा अब
पस्दा चन्द्र र सूर्य नै ग्रहणमा खुल्दैन छोरा अब
सत्ता सोच नयाँ विना मुलुक यो झुल्दैन छोरा अब ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x