साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिताप्रति

आमा हुन् जग नै हरेक घरकी मानूँ बुबा हुन् धुरी के सक्ला र बिगार गर्न भय वा सङ्कष्ट, हावाहुरी । मेरा हौ गुरु मार्गदर्शक तथा बल्दो दियो रातको आशीर्वाद मिलोस् सदैव यसरी ती पौरखी हातको ।

Nepal Telecom ad

वासुदेव पाण्डेय :

बाबासाथ म शुक्र, सेचन भई हुर्के मुमा कोखमा
बढ्दै पार गरी अनेक महिना जन्मेछु यो लोकमा ।
उस्तै छन् सब आनुवंशिक कुरा उस्तै अनेकौँ गुण
गाह्रो पो छ भएर योग्य सपना साकार पार्ने हुन ।।

पुर्खा प्रेरक चार धाम घर हो सर्वस्व मातापिता
गीतातुल्य हरेक शब्द यिनमा बेजोडको वाग्मिता ।
पारूँ नाम सधैँ उँचो म कुलको केही गरूँ उत्तम
राम्रो काम गरूँ बिगार नगरूँ जानी नजानीकन ।।

आफ्ना संस्कृति लोकवाङ्मय कला सम्पूर्ण संस्कारको
साराको परिवार केन्द्र, जग हो वा मूल आधार हो ।
होऊन् प्रश्न घुमाउरा जतिसुकै मिल्ने सही उत्तर
सिक्ने उत्तम ज्ञान जीवन कला हो पाठशाला घर ।।

जन्माईकन देखभाल जसले गर्दै पुऱ्यायो यहाँ
खोज्दै विश्व डुलेर बाबु अथवा पाइन्छ आमा कहाँ ?
बाआमा हुनु, साथ बस्नु भवको मानिन्छ बेग्लै सुख
इच्छा भाव बुझी हँसाउन सके के हेर्नु पर्ला मुख ?

आमा हुन् जग नै हरेक घरकी मानूँ बुबा हुन् धुरी
के सक्ला र बिगार गर्न भय वा सङ्कष्ट, हावाहुरी ।
मेरा हौ गुरु मार्गदर्शक तथा बल्दो दियो रातको
आशीर्वाद मिलोस् सदैव यसरी ती पौरखी हातको ।।

०००

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x