साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ सँगसँगै बसेर कुरा काटौँ

अरूलाई नङ्ग्याएर आनन्दको पिङ हालौँ कुराकै काम्रोमा बसेर सोइसोइला खेलौँ आफूलाई हेर्ने ऎना पर फ्याँकेर दोषी चस्मा साटासाट गरौँ ! आऊ सँगसँगै बसेर कुरा काटौँ ।

Nepal Telecom ad

अनिता कोइराला :

आकाश पाताल धाएर कुराको मेलो साटौँ
यस्तो उस्तो भन्दै टाउकामा हानौँ
हात खुट्टा बाँधेर अर्काकै कुरा काटौँ !

मिल्ने मिल्ने बसेर मन पेट माझौँ
अरूभन्दा आफूलाई माथि राखौँ
पानीले मात्र किन दूधले नै नुहाऔँ
कम्मर मर्काई मर्काई अरूको उछितो काडौँ

अरूका राम्रा बानी खाल्टामा पुरेर
नराम्रो बानी ओल्टाइ पल्टाई केलाऔँ
पुराना पुराना कुरालाई कलम लगाउँदै सारौँ
हतारमा छु भन्दै
छुसुक्क भए पनि कुरा काटौँ

जागिर नभए पनि पिर छैन अब
आऊ कुरा काट्ने पेशा राम्ररी गरौँ
जागिरै खाएको भए पनि
ढुक्कको सास फेरौँ
शान्ति र आनन्दको सागरमा डुब्न
कुरा काट्ने पेशा पार्टटाइम भए नि गरौँ

सँगै भेट नभएर के भयो र !
मोबाइलमा जुम मिटिङ
गरेर भए पनि अरूकै कुरा काटौँ
कुराकै खेती गरौं कुराकै व्यापार गरौँ
कुराकै समाचारलाई मुख्य बनाऔँ
अनुसन्धान गरेर, प्रतिवेदन तयार पाराैँ
निष्कर्ष निकालेर अरूकै बदख्वाइँमा रमाऔँ

कुराको रहस्यमयी चट्टान फुटाएर
मुखभरी थुक भर्दै मज्जाले हाँसौँ
समयको अमूल्य डोरी कुराकै कैँचीले काटौँ
अरूलाई नङ्ग्याएर आनन्दको पिङ हालौँ
कुराकै काम्रोमा बसेर सोइसोइला खेलौँ
आफूलाई हेर्ने ऎना पर फ्याँकेर
दोषी चस्मा साटासाट गरौँ !
आऊ सँगसँगै बसेर कुरा काटौँ ।

०००
२०८२-२-१७, बिहान ७;२९
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
भ्रमको पुलिन्दा

भ्रमको पुलिन्दा

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
समयको ब्ल्याक होल !

समयको ब्ल्याक होल !

अनिता काेइराला
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x