साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन चड्कन

भान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठे कहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे !

Nepal Telecom ad

१.
काट न छोरी भन्छु मान्दिन, लामा लामा नङ्ग्रा पाल्छे
पार्लर धाइरहन्छे बेला-बेला आँखीभौँ खुर्केर फाल्छे
भान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठे
कहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे !

२.
केही आश छैन भो मलाई, यस्ता छोराले के पाल्छ ?
लाग्छ गाडीमा हालेर लान्छ र बृद्धआश्रममा फाल्छ
बाबु एक गिलास पानी देउन भन्छु, म सक्दिनँ भन्छ
उता जिमखाना गएर पचास किलोको फलाम उचाल्छ !

३.
ओल्लो पल्लो छिमेकीले सोध्छन् आमा घरमा के कस्तो छ ?
अब साँचो बोल्नु कि झुठो बोल्नु खोई ? आफ्नो हालत यस्तो छ
न कसैले सन्चो बिसन्चो सोध्छ, न कसैले खायौ खाएनौ सोध्छ
बुहारी भनाउँदी बाघ जस्ती छे, छोरो भनाउँदो स्याल जस्तो छ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x