सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन चड्कन

भान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठे कहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे !

Nepal Telecom ad

१.
काट न छोरी भन्छु मान्दिन, लामा लामा नङ्ग्रा पाल्छे
पार्लर धाइरहन्छे बेला-बेला आँखीभौँ खुर्केर फाल्छे
भान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठे
कहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे !

२.
केही आश छैन भो मलाई, यस्ता छोराले के पाल्छ ?
लाग्छ गाडीमा हालेर लान्छ र बृद्धआश्रममा फाल्छ
बाबु एक गिलास पानी देउन भन्छु, म सक्दिनँ भन्छ
उता जिमखाना गएर पचास किलोको फलाम उचाल्छ !

३.
ओल्लो पल्लो छिमेकीले सोध्छन् आमा घरमा के कस्तो छ ?
अब साँचो बोल्नु कि झुठो बोल्नु खोई ? आफ्नो हालत यस्तो छ
न कसैले सन्चो बिसन्चो सोध्छ, न कसैले खायौ खाएनौ सोध्छ
बुहारी भनाउँदी बाघ जस्ती छे, छोरो भनाउँदो स्याल जस्तो छ !

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा