साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन -८

रक्षा होस् सब ज्ञानको वजन ती, साँचेर भण्डारण । लाग्ला ज्ञान कतै प्रयोग जनमा, आभास वृद्धापन ॥ खोजी हुन्छ झनै यथार्थपनको, खोजी गरे शोधक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धावृद्ध त्यसै कहाँ भुवनमा, बन्दैन इच्छा भई ।
साठी धेर वसन्त पार अब ता, गर्ने उदात्तै रही ॥
इच्छाले सब बढ्छ जीवन यहाँ, बढ्दैन त्यो कारक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३७॥

लाखौं वायु सदैव अग्नि प्रतिका, छन् दुःखका ती घडी ।
पीडा नै कति हो दिए प्रकृतिले, भूकम्पको साथ ती ॥
भो सन्त्रास सबमा अनेक गतिमा, पीडा दिई शासक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३८॥

सारा दर्द खपेर बाँच्नु अब ता, पालेर सन्तान ती ।
भारी ज्ञान लिएर जीवन अहो ! साँचेर आशा कति ॥
खारेका कति ज्ञान छन् हृदयमा, आकाशझैँ सर्जक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३९॥

पाका ज्ञान दिव्य रश्मि सब ती, बुझ्दा भए काइदा ।
लागोस् गर्न प्रयोग जीवन कतै, होला सदा फाइदा ॥
स्थायी ज्ञान मिले सदैव जनमा, लाग्दैन है बाधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४०॥

रक्षा होस् सब ज्ञानको वजन ती, साँचेर भण्डारण ।
लाग्ला ज्ञान कतै प्रयोग जनमा, आभास वृद्धापन ॥
खोजी हुन्छ झनै यथार्थपनको, खोजी गरे शोधक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४१॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
0
Would love your thoughts, please comment.x
()
x