साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ४२)

मनुजमगज बोक्ने हेर्छ आँखा उघारी । गृहपरिजन रम्ने पोख्छ सत्कर्म भारी ।। नियम खुद समाई वृद्ध हाँस्छन् खुलेर । अप्रिय वचन त्यागूँ शिल्प घोलूँ घुलेर ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

दुहित र दुहितामा योग्य शिक्षा सिकाए ।
असल पथ बताई कृत्य उम्दा बुझाए ।।
मनुज नयन खोली वृद्धसेवा समाऊन् ।
सुखसयल बटुल्दै वृद्धआत्मा रमाऊन् ।।०१।।

अझ पनि कवितामा लेख्न इच्छा छ बाबा ।
खुद सकस चपाई पाल्दछिन् नित्य आमा ।।
रसमय शुभवाणी बोल्न अल्छी नगर्नू ।
खुद हृदय दिएका व्यक्ति हुन् ख्याल गर्नू ।।०२।।

अति जटिल क्रियाले खोज्दथे हर्ष मेरो ।
दृग यसतिर लाऊँ सूक्ष्म बन्दैन घेरो ।।
तनय र तनयाको सौख्यमा चित्त डोले।
नित सुखसुविधाले पूर्ण पारेर घोले ।।०३।।

मन रहर समाओस् सौख्यमा नित्य राखूँ ।
रसमय सुख मिल्छन् गेहभित्रै म चाखूँ ।।
अविरल घरभित्रै हर्षको पुष्प रोपूँ ।
खुद सुख सुविधाका मार्गमा सीप खोपूँ ।।०४।।

मनुजमगज बोक्ने हेर्छ आँखा उघारी ।
गृहपरिजन रम्ने पोख्छ सत्कर्म भारी ।।
नियम खुद समाई वृद्ध हाँस्छन् खुलेर ।
अप्रिय वचन त्यागूँ शिल्प घोलूँ घुलेर ।।०५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x