दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ४२)
मनुजमगज बोक्ने हेर्छ आँखा उघारी । गृहपरिजन रम्ने पोख्छ सत्कर्म भारी ।। नियम खुद समाई वृद्ध हाँस्छन् खुलेर । अप्रिय वचन त्यागूँ शिल्प घोलूँ घुलेर ।।

दीनानाथ पोख्रेल :
दुहित र दुहितामा योग्य शिक्षा सिकाए ।
असल पथ बताई कृत्य उम्दा बुझाए ।।
मनुज नयन खोली वृद्धसेवा समाऊन् ।
सुखसयल बटुल्दै वृद्धआत्मा रमाऊन् ।।०१।।
अझ पनि कवितामा लेख्न इच्छा छ बाबा ।
खुद सकस चपाई पाल्दछिन् नित्य आमा ।।
रसमय शुभवाणी बोल्न अल्छी नगर्नू ।
खुद हृदय दिएका व्यक्ति हुन् ख्याल गर्नू ।।०२।।
अति जटिल क्रियाले खोज्दथे हर्ष मेरो ।
दृग यसतिर लाऊँ सूक्ष्म बन्दैन घेरो ।।
तनय र तनयाको सौख्यमा चित्त डोले।
नित सुखसुविधाले पूर्ण पारेर घोले ।।०३।।
मन रहर समाओस् सौख्यमा नित्य राखूँ ।
रसमय सुख मिल्छन् गेहभित्रै म चाखूँ ।।
अविरल घरभित्रै हर्षको पुष्प रोपूँ ।
खुद सुख सुविधाका मार्गमा सीप खोपूँ ।।०४।।
मनुजमगज बोक्ने हेर्छ आँखा उघारी ।
गृहपरिजन रम्ने पोख्छ सत्कर्म भारी ।।
नियम खुद समाई वृद्ध हाँस्छन् खुलेर ।
अप्रिय वचन त्यागूँ शिल्प घोलूँ घुलेर ।।०५।।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest





































