साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी !

यो सुनेर खड्काजी लाजले पानीपानी हुँदै भने, "धन्यवाद बुढी ! आज बल्ल धर्मपत्नीको असली महत्त्व बुझें।

Nepal Telecom ad

काेइराला वत्सराज :

निकै भुलक्कड थिए प्रोफेसर खड्काजी ! कलेजतिर हिंड्ने बेलामा कहिले पर्स बोक्न बिर्सन्थे, कहिले मोबाइल। हत्तपत्त उनकी पत्नीले यो छुट्यो, त्यो छुट्यो भन्दै ती चीज ल्याएर उनलाई थमाइदिन्थिन्।

बुढीले सधैं आफूलाई बुद्धू र भुलक्कड भनेर गिज्याइरहेपछि एकदिन प्रोफेसर खड्काजीको दिमागमा एउटा आइडिया फुर्‍यो।

भोलिपल्ट विहान कलेज जानुअघि आफूले लैजानु पर्ने पेन, पर्स, मोबाइल, ब्याग, चस्मा, डायरी आदिको लिस्ट बनाए। त्यसपछि चिनो लगाउँदै ती सामान खल्तीमा, ब्यागमा राखे।

त्यसपछि ढोकाबाट निस्केर आँगनमा रहेको मोटरसाइकल स्टार्ट गर्न लाग्दा ढोकामा बुढीलाई देखेपछि मुसुक्क हाँस्दै भने, “देख्यौ बुढी आजबाट म भुलक्कड होइन नि !”

अनि पत्नी नजिकै आइन् र बिस्तारै भनिन्, “मेरो प्यारो भुलक्कड पतिदेव ! हिंड्नुस् भित्र ! आज शनिबार हो !”

यो सुनेर खड्काजी लाजले पानीपानी हुँदै भने, “धन्यवाद बुढी ! आज बल्ल धर्मपत्नीको असली महत्त्व बुझें।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x